फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इएससीएपीद्वारा "बेल्ट एण्ड रोड इनिसिएटिभ"लाई  समर्थन

(GMT+08:00) 2017-05-22 19:08:01

संयुक्त राष्ट्र संघअन्तर्गत एशिया-प्रशान्त अर्थतन्त्र तथा समाज समिति अर्थात इएससीएपीको वार्षिक बैठकले "बेल्ट एण्ड रोड इनिसिएटिभ" प्रस्तावलाई समर्थन दिएको छ। जसबाट "बेल्ट एण्ड रोड इनिसिएटिभ" निर्माणबारे अन्तर्राष्ट्रिय समाजको सक्रिय धारणा फेरि उजागर भएको छ। चीनले विभिन्न पक्षसँग साझा प्रयासमा "बेल्ट एण्ड रोड इनिसिएटिभ"को निर्माण अगाडि बढाउने इच्छा लिएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले मे 22 तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

हालै इएससीएपीले थाइल्याण्डमा 73औं वार्षिक बैठकको बयोजना गरेको थियो। बैठकले चीनबाट प्रस्ताव भएको "चौतर्फी रुपमा सम्पर्कलाई सबल पारेर एशिया-प्रशान्तको दिगो विकासलाई घच्घच्याउने" निर्णय पारित गर्नुका साथै "बेल्ट एण्ड रोड इनिसिएटिभ" प्रस्तावलाई समर्थन गरेको छ।

जानकारी तथा लेखहरु