फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बीस वर्षपछि अखेटोपहार जलाइयो

(GMT+08:00) 2017-05-23 16:56:28
भण्डारणको 20 बर्षपछि नेपालको चितवनको टिकौलीस्थित वनरक्षक तालिम केन्द्र र राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा संकलन गरिएका वन्यजन्तुका अंगप्रत्यंग (अखेटोपहार) सोमबार जलाइएको छ। निकुञ्ज र विभिन्न सरकारी वन क्षेत्रबाट संकलन गरिएका 48 प्रजातीको आखेटोपहार निकुञ्जको सैनिक मैदानमा भव्य समारोहबीच जलाइएको कान्तिपुर अनलाइनले लेखेको छ।

चोरी शिकारी, तस्करीलगायतबाट बरामद भएको एकसिङ्गे गैंडाका खाग, चितुवा, हिउ चितुवा, हात्तीका दारा, पुच्छर, बाघको छाला र नंग्रा, हाब्रे र ओतको छाला, कस्तुरी मृगको विना, भालुको पित्त, सालकको खपटा, अजिंगरको छाला, चितुवाको खप्परलगायत 48 प्रजातिका आखेटोपहार जलाइएको हो।

कछुवा, हात्तीको रौ, समुद्री घोडालगायत बिदेशबाट ओसारपसारका क्रममा बरामद भएका आखेटोपहार समेत जलाइएको छ। परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले आगोको मुक्का सल्काई अखेटोपहार जलाएर उद्धघाटन गर्नुभएको थियो। अखेटोपहार नष्ट गर्ने कार्यक्रममा नेपालका लागि अमेरीकन राजदुत अलेना बी टेप्लिट्सको पनि उपस्थिति थियो।

संरक्षणकर्मी, अन्तराष्ट्रिय समुदाय, वन्यजन्तु संरक्षण र अवैध व्यापार नियन्त्रणमा काम गर्ने राष्ट्रिय, अन्तराष्ट्रिय निकाय, वैज्ञानिक, नेपाली सेनाका रथी, उपरथी, मध्य क्षेत्रका सुरक्षा अधिकारी, जिल्लाका सुरक्षा पदाधिकारी, स्थानियबासी र सञ्चारकर्मीको उपस्थितिमा आखेटोपहार जलाइएको छ।

6 महनाअघि विज्ञको टोलीले 'बारकोडिङ' को काम सकेपनि सरकार परिवर्तनले नष्ट गर्ने काम रोकिएको थियो। बन्यजन्तु चोरी शिकार एवं अबैध ब्यापार नियन्त्रण कार्यमा सहयोग पुग्ने भन्दै मन्त्रिपरिषद्को गत बिहीबारको वैठकले दुबै स्थानमा राखिएका अखोटोपहार नष्ट गर्ने निर्णय गरेको थियो।

बाघको छाला हात्तीको दाह्रालगायत तत्काल नष्ट गरिएको छैन्। हात्तीको दाह्रा नष्ट गर्न 9 सय डिग्री तापक्रम चाहिने र त्यो अहिलेको समयमा नपुग्ने हुनाले सुरक्षित राख्न लागिएको वन मन्त्रालयका सह सचिव डा. महोश्वर ढकालले बताए। तत्कालीन वनमन्त्री ह्दयेश त्रिपाठीको पालामा 2054 सालमा शसस्त्र वन रक्षकको तालिम केन्द्रमा भण्डारण गरिएको आखेटोपहार कुहिएका, गन्हाएका, मक्किएका र कामै नलाग्ने अवस्थामा पुगेको भन्दै जलाइएको थियो। त्यस पछि अहिले नष्ट गरिएको हो।

निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रभित्र बरामद गरिएका, मरेका वन्यजन्तुका अंगलाई कसरा र निकुञ्ज, संरक्षण क्षेत्र बाहिरकालाई तालिम केन्द्रस्थित टिकौलीमा भण्डारण गरिएको थियो। गतवर्ष संसद्को वातावरण संरक्षण समितिले स्थलगत अध्ययन गरी हैसियत नबिग्रिएका र विश्वमै दुर्लभ वन्यजन्तुका अंगलाई अनुसन्धान, संरक्षण शिक्षाका लागि सुरक्षित, वैज्ञानिक हिसाबले राख्न सुझाव दिएको थियो। भालुको पित्त औषधीमा प्रयोग हुने भन्दै सिंहदरवारस्थित बैध खानालाई दिंइँदै आएकोमा अहिले बन्द गरिएको सहसचिव ढकालले जनाए। टिकौली र कसरामा थुपारिएका धेरैजसो आखेटोपहार 2054 साल पछिका हुन्।

जानकारी तथा लेखहरु