फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्विजरल्याण्डमा 70 औँ विश्व स्वास्थ्य सम्मेलन सुरु

(GMT+08:00) 2017-05-23 19:03:53

70 औँ विश्व स्वास्थ्य सम्मेलन मे 22 तारिखदेखि जेनेभामा सुरु भएको छ। विश्व स्वास्थ्य संगठनका 1 सय 94 सदस्या मुलुकका प्रतिनिधिहरुले दश दिने सम्मेलनमा साझा स्वास्थ्य समस्यामाथि नजर पुर्‍याउनुका साथै संगठनका नयाँ महाप्रबन्धकको निर्वाचन गर्ने जनाइएको छ। उक्त सम्मेलनले साझा स्वास्थ्य समस्याबारे केही निर्णय पारित गर्ने अनुमान गरिएको छ।

उद्घाटन समारोमलाई सम्बोधन गर्दै स्विजरल्याण्डका गृहमन्त्री आल्यान बेर्सेटले दश वर्षमा विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक डा. मार्गरेट छानको प्रयास र योगदानलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

डा. मार्गरेट छानको कार्यावधि पूरा हुँदैछ। यस सम्मेलनमा एउटा महत्वपूर्ण विषय महाप्रबन्धकको निर्वाचन हो। मे 23 तारिख दिउँसो सदस्य मुलुकका प्रतिनिधिहरुले नयाँ महाप्रबन्धकको निर्वाचन गर्दैछन्। त्यसबाहेक यो सम्मेलनमा गम्भीर आकस्मिक घटनाको सामना, महामारी रुघाको प्रतिरोध प्रणाली, विश्वव्यापी औषधि-खोपको अभावको सामना, शरणार्थी तथा आप्रवासीको स्वास्थ्य आदि विषयबारे छलफल गरिनेछ।

जानकारी तथा लेखहरु