फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समुद्री रेशमी मार्गद्बारा "शङ्ग शी कुङ्ग चु"नामक क्रूज जहाज रोमबाट प्रस्थान

(GMT+08:00) 2017-05-23 19:05:02

मे 21 तारिख इटलीको रोममा "समुद्री रेशमी मार्गमा चीनको कथा प्रस्तुति" कार्यक्रमको उद्धादन समारोह आयोजना भएको छ। यो कार्यक्रम चिनियाँ जन वैदेशिक मैत्री संघ र विश्वमा सबैभन्दा ठूलो क्रूज जहाज व्यवसाय कार्निभल समूहद्बारा संयुक्त रुपमा आयोजित भएको हो।

प्राप्त जानकारीअनुसार, "शङ्ग शी कुङ्ग चु"नामक क्रूज जहाज चीनका लागि निर्माण गरिएको नयाँ क्रूज जहाज हो। यो जहाज इटेलीको रोमबाट प्रस्थान गरेर इटेली, ग्रीस, संयुक्त अरब एमिरेट्स, भारत, श्रीलंका, मलेशिया, थाइल्याण्ड हुँदै जुन 26 तारिख चिनियाँ स्या मन शहर आइपुग्नेछ। यो जहाजले प्राचीन समुद्री रेशमी मार्गलाई पुन देखाउनेछ।

चालीस मुलुकका करिब सात हजार पाहुनाहरुले यो जहाजको यात्रामार्फत चीनको संस्कृति र रेशमी मार्गको अनुभव गर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु