फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती चिकित्सा पद्वतीको बढ्दो माँग

(GMT+08:00) 2017-05-23 19:07:39

नेपाली सेवा सम्मिलित सिआरआईको एक पत्रकार टोलीले आज मै 23 तारिख साङ्ग्रिला शहरको तिछिङ तिब्बती जातीय स्वशासित प्रिफेक्चर तिब्बती अस्पतालको अवलोकन गरेको छ।

सन् 2013 को तथ्याङ्क अनुसार यस साङ्ग्रिला शहरमा 29 वटा चिकित्सा एकाइ रहेका छन‍्। ती मध्ये यो एउटा मात्र प्रिफेक्चर स्तरीय अस्पताल हो।

सन् 1987मा स्थापित यस अस्पतालमा विशेषत हाड जोर्नीको उपचार गरिन्छ र यहाँको मुख्य विशेषता भनेको तिब्बती औषधिको मात्र प्रयोग गर्नु हो। यसै क्रममा अस्पताल प्रमुख डाक्टर याओ स्याउ उले अस्पताल आफैले तिब्बती औषधिको उत्पादन गर्दै आइरहेको पनि बताए। यस अस्पतालले तिब्बती चिकित्सा पद्वती तथा तिब्बती औषधिको विकासमा पनि काम गरिरहेको अस्पताल प्रमुख याओले बताए।

बार्षिक रुपमा तिब्बतअवस्थित विभिन्न अस्पतालबीच आदानप्रदान पनि गर्दैआएको यस अस्पतालले तिब्बती चिकित्सा पद्वती तथा औषधिको पनि उन्नत विकास गर्दैआएको छ। साथै चीन भित्रका विभिन्न अस्पताल र विदेशी अस्पतालबीच पनि तिब्बती चिकित्सा पद्वतीलाई फैलाउने योजना बनाएको छ।

सय थान बेड र 64 जना कर्मचारी रहेको यस अस्पतालले बार्षिक रुपमा करिब 5 लाख बिरामीको उपचार गर्दैआएको छ।

यस अस्पतालको भ्रमणबाट तिब्बती चिकित्सा पद्वती तथा तिब्बती औषधिको उन्नत विकास भइरहेको तथा माँग पनि बढ्दैआएको स्पष्ट बुझ्नसकिन्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु