फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तिब्बती संस्कृति आदान-प्रदान प्रतिनिधि मण्डल र युक्रेन विद्बानबीच वार्ता

(GMT+08:00) 2017-05-23 19:14:01
मे 22 तारिख चिनियाँ तिब्बती संस्कृति आदान-प्रदान प्रतिनिधि मण्डल र युक्रेनको थिङ्कट्याङ्कले युक्रेनमा “वर्तमान विश्व र युक्रेनमा बौद्ध धर्मको नयाँ विकास प्रवृत्ति” शिर्षकमा गोलमेच सम्मेलनको आयोजना गरेको छ। सो अवसरमा सहभागीहरुले चीन र युक्रेनमा बौद्ध धर्मको विकास, धार्मिक नीति आदि विषयबारे वैचारिक आदान-प्रदान गरेका छन्। उक्त बैठक युक्रेन राष्ट्रिय विज्ञान एकेडेमी अन्तर्गत दर्शनशास्त्र अध्ययन व्युरोमा आयोजना भएको थियो। चिनियाँ प्रतिनिधि मण्डल र दुई देशका लगभग तीस जना प्रतिनिधिहरु उक्त बैठममा सहभागी भएका छन्। बैठकमा चिनियाँ प्रतिनिधिहरुले बौद्ध धर्मशास्त्रका अनुभव र ताङ्गकाको अनुसन्धानबारे जानकारी दिएका छन्। उनीहरुको उत्कृष्ट चर्चाले युक्रेनका विद्बानलाई ध्यानाकर्षण गरेको छ। चिनियाँ तिब्बती संस्कृति आदान-प्रदान प्रतिनिधि मण्डल मे 20 तारिख चार दिने युक्रेन भ्रमणमा गएको हो।
जानकारी तथा लेखहरु