फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भित्री मंगोलियाको ल्याङ चुङ छाङ गाउँमा गरिबी निवारण नमूना

(GMT+08:00) 2017-05-24 15:20:05

भित्री मंगोलिया स्वायत्त प्रदेशको पूर्वमा रहेको बा ला क वा बस्तीको ल्याङ चुङ छाङ गाउँका 84 वटा परिवारमा आश्रित 316 जना सर्वसाधारण छन्। गत वर्ष यो गाउँका प्रति व्यक्तिको सरदर वार्षिक आम्दानी बाह्र हजार चिनियाँ युआन रहेको थियो। बा ला क वा बस्तीका गाउँहरूमध्ये समस्त गाउँ गरिबी अवस्थबाट मुक्त भएको पहिलो गाउँ हो। गरिबी अवस्थाबाट मुक्त भएपछि ल्याङ चुङ छाङ गाउँले स्वच्छ ऊर्जा स्रोतको प्रयोग गरेको छ। स्वच्छ ऊर्जा स्रोतको प्रयोग गरेका कारणले ल्याङ चुङ छाङ गाउँको पहाड अझै हरियो बनेको छ भने पानी अझै स्वच्छ बनेको छ।

तीन वर्षअगाडि सन् 2014 मा ल्याङ चुङ छाङ गाउँका 50 गरिब परिवारमा 169 जना व्यक्ति थिए। तीन वर्षयता ल्याङ चुङ छाङ गाउँमा पशुपालन सहकारी, कृषि सहकारी र कृषि प्राविधिक सहकारी स्थापना भएका थिए। स्थानीय वासिन्दाहरूले सहकारीबाट वितरण गरिएको आम्दानीबाहेक, रोजगारमार्फत पैसा कमाएका थिए। सन् 2016 को अन्त्यसम्म ल्याङ चुङ छाङ गाउँको प्रति व्यक्ति वार्षिक आम्दानी बाह्र हजार चिनियाँ युआन पुगेको थियो भने पचास गरिब परिवार सम्पूर्ण रुपमा गरिबी अवस्थबाट मुक्त भएका छन्।

जानकारी तथा लेखहरु