फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्वारा बेलायतमा भएको विस्फोटनको कडा निन्दा

(GMT+08:00) 2017-05-24 10:25:59

बेलायतको म्यान्चेस्टरमा मे 22 तारिख राति विस्फोटन भएको गराइएको थियो। यो विस्फोटनपछि संयुक्त राष्ट्र संघका महासचिव, अमेरिका, रुस, फ्रान्सआदि मुलुकका नेताहरूले उक्त विस्फोटनको कडा निन्दा गर्नुभएको छ। उहाँहरुले अन्तर्राष्ट्रिय समाजसँग आतंकवादमाथि संयुक्त रुपमा प्रहार गर्न पनि आव्हान गर्नुभएको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले मे 23 तारिख प्रवक्तामार्फत एउटा वक्तव्य प्रकाशित गर्नुभएको छ। सो वक्तव्यमा उहाँले उक्त विस्फोटनको कडा निन्दा गर्दै बेलायती जनता र सरकारप्रति सान्त्वना व्यक्त गर्नुका साथै बेलायती सरकारलाई समर्थन दिएको कुरा उल्लेख गर्नु भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 23 तारिख बेलायतका प्रधानमन्त्री टेरेसा मेइसँग टेलिफोन वार्ता गर्नुभएको छ। सोही टेलिफोन वार्तामा ट्रम्पले उक्त विस्फोटनको कडा निन्दा गर्नुभएको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलायती प्रधानमन्त्री टेरेसा मेइलाई सान्त्वना पत्र पठाउनुभएको छ। रुसले द्विपक्षीय आधारमा र व्यापक अन्तर्राष्ट्रिय प्रारुपभित्र बेलायतसँग आतंकवाद विरोध क्षेत्रमा सहयोग गर्ने कुरा राष्ट्रपति पुटिनले उल्लेख गर्नु भएको छ।

यसबाहेक, भारत, पाकिस्तान, अफगानिस्तान, फ्रान्स, इजरायल, अस्ट्रेलिया, टर्कीआदि मुलुकका नेताहरूले बेग्ला-बेग्लै रुपमा वक्तव्य प्रकाशित गर्दै उक्त आक्रमणको कडा निन्दा गर्दै आतंकवादमाथि संयुक्त रुपमा प्रहार गर्ने कुरा बताएका छन्।

जानकारी तथा लेखहरु