फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकबाट स्वास्थ्य क्षेत्रको सहयोगलाई सबल पार्ने वचनवद्धता

(GMT+08:00) 2017-05-24 14:27:26

70 औं विश्व स्वास्थ्य सम्मेलनका अवसरमा चीन, ब्राजिल, रुस, भारत र दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीहरुले मे 23 तारिख मध्यान्ह भोज बैठक गरेका छन्। उनीहरुले स्वास्थ्य क्षेत्रमा ब्रिक्स मुलुकबीच सहयोगबारे वैचारिक आदान-प्रदान गरी सहयोगलाई सबल पार्नुका साथै जनताको स्वास्थ्य स्तरलाई उकास्ने वचन्बद्धता पनि व्यक्त गरेका छन्।

सम्मेलनका लागि चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख एवं चिनियाँ स्वास्थ्य तथा परिवार आयोजना आयोगका प्रमुख ली पनले भोजमा बोल्दै विभिन्न देशसँगको सहयोगलाई विस्तार गर्ने, आदान-प्रदानलाई सबल पार्ने, भविष्यको योजना बनाउने र अन्तर्राष्ट्रिय जगतमा प्रभावकारी सहयोग मञ्चको निर्माण गर्ने विचार व्यक्त गर्नुभएको छ।

गत वर्ष भारतमा प्राप्त सहमतिलाई व्यवहारमा उतार्नका लागि चीनले जुलाइ 6 तारिखदेखि 7सम्म थ्यान चिन शहरमा ब्रिक्स मुलुकका स्वास्थ्य मन्त्रीस्तरीय बैठक अर्थात परम्परागत चिकित्सा-औषधिसम्बन्धी उच्चस्तरीय बैठकको आयोजना गर्ने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु