फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानका लागि चिनियाँ दूताबासद्वारा अपहरिक चिनियाँ नागरिकको रिहाइ गर्न अनुरोध

(GMT+08:00) 2017-05-25 09:40:41
पाकिस्तानका लागि चिनियाँ दूताबासबाट प्राप्त जानकारीअनुसार, दूतावासले विभिन्न मञ्चमार्फत अपहरिक चिनियाँ नागरिकको हैसियत तथा ठोस अवस्थाबारे निश्चित गरिरहनुका साथै पाकिस्तानसँग छिटोसक्दो अपहरित चिनियाँहरुलाई रिहा गर्न अनुरोध गरेको छ।

पाकिस्तानी सञ्चार माध्यमका जानकारीअनुसार, मे 24 तारिख मध्यान्ह क्वेटा क्षेत्रीय चिन्नाह बस्तिमा तीन जना चिनियाँ नागरिकहरु रेस्टुरेन्टमा खाना खाँदै गर्दा सशस्त्र समूहले आक्रमण गरी दु्इ जनालाई अपहरण गरेको थियो।

केही समाचारले जनाए अनुसार चिनियाँ नागरिकहरु खाना खाएपछि फकर्ने क्रममा बाटोबाट अपहरणमा परेका थिए।

बालोचिस्तान प्रान्तका मुख्यमन्त्री सानाउल्लाह चेहरीले अपहरण घटनाबाट आफू स्तब्ध भएको भन्दै प्रहरीसँग तुरुन्तै अपहरित व्यक्तिको उद्दार गर्न आग्रह गर्नुभएको छ।

हालसम्म कुनै पनि संगठनले उक्त अपहरणको जिम्मेवारी लिएको छैन।

जानकारी तथा लेखहरु