फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राजीनामा

(GMT+08:00) 2017-05-25 17:45:50

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बुधाबार पदबाट राजीनामा दिनु भएको छ। आलोपालो सरकार चलाउने सहमतिमा गत साउन 19 मा संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित दाहालले 10 महिना शासनसत्ता चलाएर राजीनामा दिएका हो। दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गर्नुभएको नागरिक अनलाइनले लेखेको छ।

राजीनामाको घोषणा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो 'मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको छु। अतः नेपाली कांग्रेससँग भएको समझदारीअनुसार अघि बढ्दैछु। सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञ, सांसद र नागरिकका रूपमा मुलुक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धतासहित म आजै र अहिल्यै प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गर्छु।'

दोस्रो चरणको निर्वाचन पनि आफ्नै सरकारले गराओस् भन्ने प्रतिपक्ष र अन्यको माग र सदिच्छाप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गर्नुभएको छ। उहाँले लिखित सम्बोधनका क्रममा आफूलाई 'सफल प्रधानमन्त्री' का रूपमा चित्रित गर्नु भएको छ।

दाहालले सम्बोधन संसद्मार्फत गर्न चाहेको तर संसद् बैठक चल्न नसकेका कारण प्रधानमन्त्री कार्यालयबाट गर्नुपरेको जनाउनु भएको छ। उहाँले आफ्नो 10 महिने कार्यकालमा भएका उपलब्धिको फेहरिस्त पनि सम्बोधनमा सुनाउनुभयो। नौ पृष्ठ लामो 21 बुँदे सम्बोधनमा स्थानीय तह चुनाव गराउन सकेको, मुलुकलाई लोडसेडिङमुक्त गराएको, आर्थिक वृद्धिदर 7.5 प्रतिशत पुर्‍याएको, छिमेकी मुलुकसँग सन्तुलित नीति बनाउन सफल भएकोलगायत उपलब्धि उल्लेख गर्नु भएको छ।

जानकारी तथा लेखहरु