फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कीर्तिमानी आरोही फुर्वाको सगरमाथाको क्याम्पबाट उद्दार

(GMT+08:00) 2017-05-26 14:21:45

        10 पटक सम्म सगरमाथाको सफल आरोण गरिसकेका नेपाली पर्वतारोही फुर्वा तेन्जीङ शेर्पालाई हिजो बिहिबार सगरमाथाको बेसक्याम्पबाट उद्दार गरिएको छ। 11 औँ पटक सगरमाथा आरोहण गर्ने क्रममा शेर्पालाई स्वास प्रश्वासमा समस्या भएपछि क्याम्प 2 बाट उद्दार गरिएको अनलाइन खबरले लेखेको छ।

         शेर्पालाई स्वास प्रश्वासका साथै फ्रोस्ट वाइट भएपछि उद्दार गरेको उपचारको लागि काठमाडौं ल्याइएको छ। उनको अहिले धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। 27 वर्षीय फुर्वाले गाइड र नेतृत्वकर्ता भएर सन् 2013 सम्म 10 दिनमा दुई पटक, तीन दिनमा दुईपटक र 24 वर्षको उमेरमा नौपटकसम्म सफल आरोहण गरी गरी तीन विश्व कीर्तिमान बनाइसकेका छन्।

          उनलाई हाइ अल्टिच्युड सिकनेस तथा पल्मोनरी इडेमा भएर स्वास फेर्न गाह्रो भएको र उनको अनुहारमा फ्रोस्ट बाइट भएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे बताउनुभयो।

जानकारी तथा लेखहरु