फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युननान प्रान्तीय सरकारद्वारा स्थानीय तिब्बती बौद्ध धर्म शास्त्रको अध्ययनमा जोड

(GMT+08:00) 2017-05-26 16:54:38

 

         चीनको युननान प्रान्तको तिछिङ तिब्बती जातीय स्वायत्त प्रिफेक्चर बौद्ध धर्ममार्गीहरूका लागि अति नै महत्वपूर्ण रहेको छ। यहाँ सानो पोताला दरबार मानिने सोङचालिन गुम्बा अवस्थित छ। साथै यहाँ बौद्ध धर्म शास्त्र अध्यापन गराउने युननान बौद्ध धर्म शास्त्र कलेज अन्तर्गत तिछिङ तिब्बती बौद्ध धर्म कलेज पनि स्थापित छ।

       

          सन् 2004बाट अध्यापन शुरु भएको उक्त कलेजमा हाल 70 जना भिक्षु विद्यार्थीहरू अध्ययन गरिरहेका छन‍्। यहाँ मुख्य चार वटा विषयमा पढाइ हुने गरेको छ। यस कलेजका उपप्रमुख पाइ लिङ तले गेलुग, कामा काग्यु, सार्वजनिक शिक्षा अन्तर्गत कानून, बौद्ध धर्मसम्बन्धित् आधारभुत शिक्षा, तिब्बती भाषा र सँस्कृति र चिनियाँ भाषा तथा विशेष स्नातक कक्षाको पढाइ हुँदैआइरहेको बताए।

      

        हालसम्म 55 जना भिक्षु विद्यार्थीले उक्त कलेजबाट स्नातक उत्तीर्ण गरिसकेका छन्। उपप्रमुख पाइले यस कलेजमा प्रारम्भिक तथा मध्यमस्तरको स्नातकको मात्र पढाइ हुने गरेको बताए। उनका अनुसार स्नातकको पढाइ प्रारम्भिक, मध्यमस्तर र उच्चस्तरको गरी तीन वटा छन‍्।

        प्रारम्भिकदेखि उच्चस्तरसम्मको अध्ययनका लागि बीस वर्षभन्दा बढी लाग्ने पनि उनले बताए।

      

          युननान प्रान्तीय सरकारबाट अनुदान प्राप्त यस कलेजमा विभिन्न क्षेत्रका गुम्बाका भिक्षुहरू त्यहीँ बसेर पढ्ने गरेका छन‍्। निशुल्क अध्यापन गराउँदै आएको उक्त कलेजलाई गत वर्ष सन् 2016मा सरकारले 18 लाख 20 हजार चिनियाँ युआन सहयोग गरेको थियो भने यस वर्ष 20 लाख युआन सहयोग गर्ने भएको पनि उपप्रमुख पाइले जानकारी दिए।

        यसबाट प्रान्तीय सरकारले तिब्बती बौद्ध धर्मको अध्ययन, अध्यापन, तथा सम्मान र संरक्षणमा जोड दिँदैआएको स्पष्ट बुझ्नसकिन्छ।

      

         35 वर्षभन्दा कम उमेरका भिक्षुहरूले मात्र अध्ययन गर्नपाइने यस कलेजमा इच्छुक विद्यार्थी भिक्षुले आफ्नो सम्बन्धित् गुम्बामार्फत आवेदन दिनुपर्ने तथा स्वास्थ्य परिक्षण गर्ने नियम रहेको छ।

         उपप्रमुख पाइका अनुसार, कलेजको मुख्य लक्ष्य भनेको भिक्षुहरूलाई तिब्बती बौद्ध धर्मको आधारभुत सिद्धान्तका साथै आधारभुत सार्वजनिक शिक्षा अध्ययन गराउने हो।

सिआरआईका लागि राजुको साथमा अजय अलौकिक

साङ्ग्रिला शहर,युननान प्रान्त

जन गणतन्त्र चीन

जानकारी तथा लेखहरु