फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली दम्पती अस्ट्रेलियाका एकसयएकऔँ धनी

(GMT+08:00) 2017-05-27 15:30:58

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले र उहाँकी श्रीमती जमुना गुरुङ अघिल्लोभन्दा चार स्थान माथि उक्लिदैं अष्ट्रेलियाको 101 औँ धनी व्यक्ति बन्नुभएको छ। अष्ट्रेलियाको फाइनान्सियल रिभ्युले सार्वजनिक गरेको सन् 2017 का दुई सय धनी व्यक्तिको सूचीमध्ये उहाँहरू 64 करोड 70 लाख डलर (65 अर्ब रुपियाँ)सहित सो स्थानमा उक्लिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। यसअघि उहाँहरू 58 करोड 60 लाख डलरसहित 105औँ स्थानमा हुनुहुन्थ्यो। अष्ट्रेलियाको मेलबर्नमा रहनुहुने घले दम्पतीले नेपालमा लामो समय दुःखका साथ जीवन व्यतित गरेको अष्ट्रेलियन रिभ्युले उल्लेख गरेको छ। सन् 1990 को दशकको मध्यतिर अष्ट्रेलिया बसाई सर्नुभएका घले दम्पतीको उच्च शिक्षा, घरजग्गामा लगानी रहेको छ। मेलबर्नमा उहाँहरूकै लगानीमा प्रसिद्ध मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी सञ्चालनमा छ। सन् 2015 मा घले दम्पतीले मलेबर्नमै 470 ओटा तथा 210 ओटा कोठासहितका दुईओटा टावर होटल निर्माण गर्ने अनुमति पाउनुभएको थियो। घले दम्पतीकै लगानीमा नेपालमा प्रसिद्ध सेराटन ब्राण्डको चेन होटल पनि निर्माणाधीन अवस्थामा छ।
जानकारी तथा लेखहरु