फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजिप्टमा सार्वजनिक बस आक्रमणमा अठ्ठाइस जनाको मृत्यु

(GMT+08:00) 2017-05-27 15:38:38
इजिप्टको दक्षिणी भागमा पर्ने एल मिन्या प्रान्तमा मे छब्बीस तारिख दुईटा बसमाथि अज्ञात सशस्त्र तत्वले आक्रमण गरेकव छ। बन्दुकले गरिएको आक्रमणमा परी कम्तिमा  अठ्ठाइस जना मारिएको साथै अन्य छब्बीस जना घाइते भएको इजिप्ट राष्ट्रिय टेलिभिजनले जनाएको छ।

मिन्या प्रान्तीय एक जना सुरक्षा पदाधिकारिले सिन्ह्वा समचार समितिलाई बताए अनुसार, चर्चमा धार्मिक कार्यमा सहभागी भएका कोप्टिक क्रिस्चियनहरुले भरिएको ती दुईटा बस बाटोलाई दशजना सशस्त्र व्यक्तिले रोकेर अन्धधुन्द गोली हानेका थिए। घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। केही घाइतेहरु गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्ने सम्भावना रहेको छ।

हालसम्म कुनै संगठनले सो घटनाको जिम्मा लिएको छैन।

जानकारी तथा लेखहरु