फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकाको बाढी र पहिरोबाट 91 को मृत्यु

(GMT+08:00) 2017-05-27 15:44:50

श्रीलंकाको प्रकोप व्यवस्थापन केन्द्रले मे 26 तारिख एउटा वक्तव्य प्रकाशित गर्दै श्रीलंकाको मध्य र दक्षिणी क्षेत्रमा भएको वर्षाबाट उत्पन्न बाढी र पहिरोमा परी 91 जनाको मृत्यु र अरु 100 जना बेपत्ता भएको उल्लेख गरेको छ। सो प्रकोपबाट 5 लाख 20 हजार व्यक्ति प्रभावित भएको पनि वक्तव्यमा उल्लेख छ।

श्रीलंकाको मौसम विभागले आगामी 24 घण्टामा अझै ठूलो परिमाणको वर्षा हुने अनुमान गरेको छ। श्रीलंकाको प्रहरीले खोजी र उद्धार कार्य निरन्त रुपमा चाल्नुका साथै मृत्यु भएकाहरूको संख्यामा बृद्धि हुन सक्ने कुरा बताएको छ।

बाढी र पहिरोको प्रभावमा श्रीलंकाको दक्षिणी क्षेत्रको द्रुत राजमार्ग र रेलमार्ग बन्द भएका छन्।

श्रीलंकाको विदेश मन्त्रालयले मे 26 तारिख एक वक्तव्यमा श्रीलंका सरकारले संयुक्त राष्ट्र संघआदि अन्तर्राष्ट्रिय संगठनहरू र छिमेकी मुलुकहरूसँग सहयोगको माग गरेको छ।

जानकारी तथा लेखहरु