फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शांगहाई सहयोग संगठनको सामु नयाँ अवसर र चुनौती देखापरेको वाङ यीको भनाइ

(GMT+08:00) 2017-05-27 15:47:08

चीनका परराष्ट्र मन्त्री वाङ यीले मे 26 तारिख मस्कोमा रुसी विदेश मन्त्री सर्गेइ लाभरोभसँग भेटवार्ता गरेपछि पत्रकारसँग कुरकानी गर्दै हाल शांगहाई सहयोग संगठनको सामु नयाँ अवसर र चुनौती देखापरेको कुरा बताउनुभएको छ।

परराष्ट्रमन्त्री वाङ यीले चालू वर्ष "शांगहाई सहयोग संगठनको बडा-पत्र"मा हस्ताक्षर भएको पन्ध्रौं वार्षिकोत्सव रहेको उल्लेख गर्दै शांगहाई सहयोग संगठनका सदस्य मुलुकहरूले "दीर्घकालीन असल छिमेकी मैत्रीपूर्ण सहयोग सन्धि"मा हस्ताक्षर गरेको दशौं वार्षिकोत्सव रहेको बताउनु भएको छ। उहाँले शांगहाई सहयोग संगठनले क्षेत्रीय शान्ति र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु