फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र बंगलादेशद्वारा समुद्री संयुक्त अभ्यास

(GMT+08:00) 2017-05-27 15:50:51

चीनको नौ सेनाको लामो दूरी भ्रमणमा गएको टोलीले बंगलादेशको मैत्रीपूर्ण भ्रमण समाप्त गरी मे 26 तारिख चित्तागोङ बन्दरगाहबाट श्रीलंकातर्फ प्रस्थान गरेको छ। यो टोलीले श्रीलंकाको मैत्रीपूर्ण भ्रमण गर्ने छ।

चीनको नौ सेनाको भ्रमण टोलीले बंगला खाडीको समुद्री क्षेत्रमा बंगलादेशको नौ सेनासँग समुद्री अभ्यास गरेको छ। यस पटकको अभ्यास चीनको नौ सेनाको लामो दूरी भ्रमणका लागि टोलीको आदेश पोस्टद्वारा जिम्मा लिइएको छ। दुवै पक्षले उक्त अभ्यासबाट एकअर्काका पर्यवेक्षक पठाएका छन्।

चीनको नौ सेनाको लामू दूरी भ्रमणका लागि टोलीका राजनीतिक प्रशिक्षक शन हाउले यस पटकको अभ्यासमार्फत दुई पक्षले दुई मुलुकका नौ सेनाहरूको पारस्परिक विश्वास र सहयोगलाई सबल पारेका कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु