फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'चीन गरिबी निवारण अन्तर्राष्ट्रिय मञ्च 2017' पैचिङमा शुरु

(GMT+08:00) 2017-05-27 16:23:52

'चीन गरिबी निवारण अन्तर्राष्ट्रिय मञ्च 2017' पैचिङमा आयोजित भएको छ। गरिबी घटाउने प्रस्तावको विकास तथा वितरण मुख्य विषय रहेको सो मञ्च चीनको राज्य परिषद प्रेस कार्यालयको निर्देशनमा चिनियाँ इन्टर्नेट प्रेस केन्द्र, चिनियाँ अन्तर्राष्ट्रिय गरिबी निवारण केन्द्र, विश्व बैंक, संयुक्त राष्ट्र संघीय खाद्यान्न तथा कृषि संगठन एवं एशियाली विकास बैंकको संयुक्त संयोजनामा गरिएको हो। सोह्रवटा अन्तर्राष्ट्रिय संस्था, सातवटा मुलुकका एक सयजना अतिथिहरुले सो मञ्चमा भाग लिनुभई गरिबी घटाउने नमूनाबारे छलफल गर्दै चीनमा हासिल गरिएको गरिबी निवारण अनुभव सुनेका छन्।

सो मञ्चमा दक्षिण-दक्षिण सहयोग गरिबी घटाउने अनुभव वितरण वेभसाइट 'चिनियाँ तथा विदेशी गरिबी घटाउने नमूना भण्डारण एवम् अनलाइन वितरण प्लेटफर्म' को औपचारिक संचालन पनि शुरु भएको छ। सो प्लेटफर्मको मुख्य उद्देश्य बनौट प्रारुप तथा ठोस नमूना वितरण पद्धत्तिमार्फत सर्वसाधारणलाई चीन लगायत विश्वमा गरिबी निवारण सम्बन्धी अनुभव तथा सफल उपायलाई देखाउनु रहेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु