फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिछिङ प्रिफेक्चरद्वारा वातावरण संरक्षण तथा विकासमा जोड

(GMT+08:00) 2017-05-27 20:30:30


तिछिङ तिब्बती जातीय स्वायत्त प्रिफेक्चर चीनको युननान प्रान्तको उत्तर पश्चिममा पर्दछ। 23,870 वर्ग किलोमिटर फैलिएको यो प्रिफेक्चर चीनका तीन मुख्य नदीहरू लानछाङ, याङसी र नु बग्ने क्षेत्र पनि हो।

जैविक विविधता तथा स्वच्छ वायु, जल र प्राकृतिक दृश्यका लागि प्रसिद्ध यो प्रिफेक्चर छिङहाई तिब्बत पठार र युननान कुइचौ पठार बीचको सम्पर्क क्षेत्र पनि हो।

यस प्रिफेक्चरले केही वर्ष यता विकास र वातावरण संरक्षण बीच समन्वय गर्न पर्यावरणीय संरक्षण र विकासमा रणनीतिहरू तर्जुमा गर्नुका साथै अपनाउँदै आइरहेको छ। पर्यटनको विकासका साथै वातावरण संरक्षणमा जोड दिँदै समुद्र सतहभन्दा 3000 मिटर माथि ठूला उद्योग स्थापना गर्न प्रतिबन्ध लगाएको छ। बञ्जर जमीन तथा भूक्षयको डर भएका खेतीयोग्य जमीनमा समेत रुख रोपणमा जोड दिँदैआएको छ। दाउराको खपत कम गर्न नयाँ ऊर्जा स्रोत जस्तै प्राकृतिक ग्याँस तथा बिजुलीको प्रयोगमा जोड दिँदैआएको छ।

यस प्रिफेक्चर अन्तर्गतको वातावरण संरक्षण ब्यूरोका प्रमुख ह स्वे थाओले सिआरआईको पत्रकार टोलीलाई अन्तर्वार्ता दिँदै उक्त कुरा बताएका हुन‍्। साथै उनले चीनको केन्द्रीय सरकारले समस्त चीनमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउनु आठ वर्ष अघि नै अर्थात‍् सन् 2001मा यस क्षेत्रमा प्रतिबन्ध लगाइसकेको पनि बताए।

वातावरण संरक्षणमा जोड दिन सन् 1983देखि पाइमा हिमाल प्राकृतिक संरक्षण क्षेत्र, त्यसै गरी पिठा हाई, नाफा हाई र हापा हिमालमा प्रान्तस्तरीय संरक्षण क्षेत्र स्थापना गरेको पनि प्रमुख थाओले बताए।

साथै पैचिङ लगायत उत्तरपूर्वी चीनमा मात्र रहेको हिटिङ प्रणालीलाई पहिलो पल्ट यस प्रिफेक्चरमा स्थापना गर्ने काम शुरु भइसकेको पनि प्रमुख थाओले अन्तर्वार्ताको क्रममा बताए।

जानकारी तथा लेखहरु