फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित

(GMT+08:00) 2017-05-28 15:38:38

काठमाडौं महानगरपालिकाको मेयरमा नेपका एमालेका विद्यासुन्दर शाक्य निर्वाचित हुनु भएको छ। 20 वर्षअघि एमालेकै केशव स्थापितले जितेको काठमाडौं महानगरमा निर्वाचित शाक्यले आगामी पाँच वर्षसम्म नेतृत्व गर्नुहुनेछ। वैशाख 31 गते भएको चुनावको दुई सातापछि घोषित परिणामअनुसार कांग्रेसका राजुराज जोशीलाई 19 हजारभन्दा बढी मतले हराउँदै शाक्य निर्वाचित हुनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। उहाँले 64 हजार 9 सय 13 मत पाउनु भयो भने जोशीले 45 हजार 2 सय 69 मत पाउनु भयो। काठमाडौंकै लगनटोलमा वि.सं. 2020 जेठ 9 गते जन्मिनु भएका शाक्य वडा नं 21 मा दुईपटक वडाध्यक्ष हुनु भएको थियो। 2049 सालमा कांग्रेसले मेयर–उपमेयर जित्दा पनि एमालेबाट वडाध्यक्ष जितेका शाक्यले आफ्नो वडाबाट यसपटकको चुनावमा एक्लै 87 प्रतिशत मत पाएर रेकर्ड बनाउनु भएको छ।

1  2  
जानकारी तथा लेखहरु