फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सात मुलुक समूहको स‌युक्त विज्ञप्तिबारे चीनको आपत्ति

(GMT+08:00) 2017-05-28 15:43:28

सात मुलुक समूहको शिखर सम्मेलनबाट प्रकाशित संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानूनको नाममा पूर्व चीन समुद्र तथा दक्षिण चीन समुद्र विषयबारे आलोचना गरेकोप्रति चीनले कडा असन्तुष्टि व्यक्त गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले मे अठाइस तारिख आयोजित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो। यी दुईटा समुद्री क्षेत्रबारेमा चीनको अडान स्पष्ट र निरन्तर हुँदै आएको छ बताउँदै चीनले प्रत्यक्ष सम्बन्ध भएका पक्षहरुसँग वार्ता तथा छलफलमार्फत विद्यमान मतभेदको उचित नियन्त्रण तथा समाधान गर्ने प्रयास गर्दै आएको पनि प्रवक्ता लुले जानकारी दिनुभएको छ।

सात मुलुक समूह तथा अन्य मुलुकहरुले वर्तमान परिस्थितिलाई बुझेर मतभेद भएको विषयबारेमा सोही क्षेत्रमा रहेका मुलुकहरुले मतभेदको नियन्त्रण गर्ने प्रयासको सम्मान गर्दै गैरजिम्मेवार भनाइ बन्द गर्न आह्वान पनि चीनले गरेको छ। सात मुलुक समूहले सोही क्षेत्रको शान्ति तथा स्थिरताको लागि रचनात्मक भूमिका निर्वाह गर्ने आशा पनि चीनले व्यक्त गरेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु