फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकको लागि यार्सागुम्बा खोज्ने अनुभव तिब्बतमा शुरु

(GMT+08:00) 2017-05-28 15:44:43

हरेक मे महिनाको अन्तमा तिब्बतमा यार्शागुम्बा खोज्ने सिजन सुरु हुन्छ। तिब्बतको दाम्स्याङ जिल्लाका धेरै गाँउबस्तीमा यार्सागुम्बा पाइन्छ। यो लामो समयदेखि स्थानीय किसान पशुलापकहरुको आम्दानीको मुख्य श्रोत बनेको छ। चालू वर्ष दाम्स्याङ जिल्लामा यार्सा खोज्ने नयाँ पर्यटकीय अनुभव शुरु भएको छ। जसबाट किसान पशुलापकको आम्दानीलाई बढ्ने आशा गरिएको छ।

मे सत्ताइस तारिख उक्त नयाँ अनुभव शुरु भएको पहिलो दिनमा यार्सा खोज्न गएका पर्यटकहरुले एक सयवटा यार्सा भेटेका छन्।

यार्सा खन्न गाह्रो र खनेपछि पर्यावरणीय रुपमा संरक्षण गर्न खनिएको खाल्डोमा माटो पुर्नु परेकाले दाम्स्याङ जिल्लाले हरेक पर्यटकका लागि एकजना स्थानीय गाइड मिलाएको छ। पर्यटकहरुले पाएका यार्साहरुमध्ये पाँचवटा निःशुल्क रुपमा लैजान पाउँछन् भने बाँकी यार्सा स्थानीय गाइडले बेच्न पाउँछन्। यार्सा र पर्यटनसँग जोडिएपछि आम्दानी बढेको स्थानीय किसान ल्हुन्द्रुपले बताउनुभयो।

1  2  3  
जानकारी तथा लेखहरु