फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतमा आतंकबादी त्रास घट्यो

(GMT+08:00) 2017-05-28 15:45:46

बेलायतमा उच्चस्तरमा पुगेको आतंकबादी त्रासलाई न्युन बनाइएको छ। बेलायती प्रधानमन्त्री टेरेसा मैले मे सत्ताइस तारिख आयोजित मन्त्रीमण्डलको संकट मामिला सामना सम्मेलनमा भाग लिँदै उक्त कुरा सार्वजनिक गर्नुभएको हो। बितेका चौब्बीस घण्टामा प्रहरीले गरेको गतिविधिहरुबाट त्रासको स्तर न्युन बनाइएको जनाइएको छ।

यसअघि प्रहरीलाई सहयोग दिन थप बन्दोबस्त गरिएका सेनाहरु आउने हप्तादेखि हटाइने पनि प्रधानमन्त्री टेरेसा मैले घोषणा गर्नुभएको छ।

थाहा भए अनुसार, गत बाइस तारिख राति म्यान्चेस्टर रङ्गशालामा भएको बम आक्रमणपछि बेलायतमा तेइस तारिख आतंकबादी त्रास स्तर उच्च बनेको थियो। सो आक्रमणमा परी बाइस जनाको ज्यान गएको थियो भने छैसट्ठी जना घाइते भएका थिए। घाइतेहरुको अस्पतालमा उपचार भहेका छ। उग्रबादी संगठन इस्लामिक स्टेटले सो आक्रमणको जिम्मा लिएको छ।

जानकारी तथा लेखहरु