फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीको युरोप भ्रमणबारे पत्रकार सम्मेलनको आयोजना

(GMT+08:00) 2017-05-28 15:46:47

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले जर्मनीको भ्रमण गर्नुका साथै चीन-जर्मनी प्रधानमन्त्रीहरूको वार्षिक भेटघाटको आयोजना गर्नुहुने छ। साथै उहाँ 19औं चीन-यूरोपेली संघका नेताहरूको भेटवार्तामा उपस्थित हुनु ब्रुसेल्स जानुहुने र बेल्जियमको भ्रमण गर्नुहुनेछ । यस विषयबारे चीनको परराष्ट्र मन्त्रालयले मे 27 तारिख पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो पत्रकार सम्मेलनमा चीनका उप परराष्ट्र मन्त्री वाङ छाउ, चीनका वाणिज्य सहायक मन्त्री ली छङ काङले सम्बन्धित अवस्थाबारे जानकारी दिनुभएको र चिनियाँ तथा विदेशी पत्रकारद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिनुभएको छ।

वाङ छाउले जर्मनीका चान्सलर एजेन्ला मर्केल, बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिचेलको निमन्त्रणामा, चीन र यूरोपेली संघको सहमतिमा चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले मे 31 तारिखदेखि जुन 2 तारिखसम्म जर्मनीको भ्रमण गर्नुहुने छ। यही अवसरमा 19औं चीन-यूरोपेली संघका नेताहरूको भेटवार्तामा उहाँ उपस्थित हुन ब्रुसेल्स जानुहुनेछ र बेल्जियमको भ्रमण पनि गर्नुहुने छ। प्रधानमन्त्री लीको भ्रमण चीन र यूरोपेली संघको रणनैतिक पारस्परिक विश्वास र सहयोगला२ सुदृढ पार्न र अगाडि बढाउन, नयाँ परिस्थितिमा चीन र जर्मनी, चीन र बेल्जियम, चीन र यूरोपेली संघको सम्बन्धलाई अगाडि बढाउनका लागि महत्वपूर्ण अर्थ रहने कुरामा वाङले जोड दिनुभयो।

जानकारी तथा लेखहरु