फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सात मुलुक समूहको शिखर सम्मेलनमा आतंकवादको विरोधमा सुरक्षा र स्वतन्त्र व्यापारबारे सहमति

(GMT+08:00) 2017-05-28 15:48:07

दुई दिने सात मुलुक समूहको शिखर सम्मेलन मे 27 तारिख इटालीको टाओर्मिनामा सम्पन्न भएको छ। उक्त शिखर सम्मेलन सम्पन्न भएपछि एक विज्ञप्ति प्रकाशित गरिएको छ। विज्ञप्तिअनुसार, सात मुलुकबीच आतंकवादको विरोधमा सुरक्षा र स्वतन्त्र व्यापारबारे सहमति भएको छ, तर जलवायु परिवर्तनको सामना क्षेत्रमा सहमति भएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोही दिन सामाजिक सञ्जाल ट्विटरमा आगामी साता अमेरिका "पेरिस सम्झौता-पत्र"बाट हट्ने कि नहट्ने विषयमा निर्णय गर्ने लेख्नु भएको छ। इटालीका प्रधानमन्त्री पाउलो जेन्टिलोनीले विज्ञप्ति प्रकाशित भएपछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकासँग "तुरुन्तै राम्रो निर्णय गर्न" आव्हान गर्नुभएको छ।

जानकारी तथा लेखहरु