फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गोमा एयरको विमान दुर्घटनामा चालक र सहचालकको निधन

(GMT+08:00) 2017-05-28 15:53:36

शनिबार दिँउसो लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा गोमा एयरको विमान दुर्घटनाग्रस्त हुँदा चालक र सहचालकको मृत्यु भएको छ। अवतरणका क्रममा विमान रुखमा ठोक्किएको थियो। चालक पारसकुमार राईको हिजो शनिबार उपचारकका क्रममा मृत्यु भएको थियो भने सहचालक सृजन मानन्धरको पनि शनिबार राति उपचारकका क्रममा मृत्यु भएको हो। विमानकी एयरहोस्टेज प्रज्ञा महर्जनको काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

विमान दुर्घटनामा निधन भएका चालक राई र सहचालक मानन्धरको मृत्य शरीर काठमाडौँस्थित शिक्षण हस्पिटलमा लगिएको छ।

विमानमा चालक, सह-चालक र परिचारिका गरी तीनजना सवार थिए।

1  2  
जानकारी तथा लेखहरु