फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पर्यटन क्षेत्रमा सुधार आउँदै

(GMT+08:00) 2017-05-29 14:15:49

पछिल्लो समम वाइल्डलाइफ टुरिजम, कल्चरल टुरिजम, र्‍याफ्टिङ टुरिजमले, माउन्टेनेरिङ टुरिजम र ट्र्रेकिङ टुरिजमले नेपाल विश्व पर्यटन बजारमा चिनिएको छ । खुला नाका र भारत र नेपाल बिचको सुमधुर सम्बन्धका कारण नेपाल भ्रमणमा आउने बढी पर्यटक भरतीय छन् । भारतपछि नेपाल भ्रमणमा आउने बढी पर्यटक चिनियाँ छन्। सन् 2016 मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा भारतको हिस्सा 15.7, चीनको 13.8 श्रीलंकाको 7.6, अमेरिकाको सात र बेलायत 6.1 प्रतिशत हिस्सा छ। सन् 2016 मा नेपाल आएका कुल पर्यटकको संख्यामा स्थल मार्गबाट मात्रै आउनेको संख्या 25 प्रतिशत छ। स्थलमार्गमा पनि सबैभन्दा बढी पर्यटक भैरहवाको बेलहिया नाका हुँदै आउँछन्।

सन् 2013 देखि 2015 सम्म देशको राजनीतिक अस्थिरता, विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण पर्यटक आगमन पाँच लाखमा झरेको थियो। सन् 2015 मा कुल 40 प्रतिशतले गिरावट आएको पर्यटक आगमनमा सन् 2016 मा 32 प्रतिशतले वृद्धि भई पर्यटक संख्या सात लाख 53 हजार पुगेको थियो।

पर्यटक आगमन बढे पनि होटेल तथा रेष्टुराँ क्षेत्रले कुल गार्हस्थ उत्पादन पुर्‍याउने योगदान भने घट्ने अनुमान गरिएको छ। गत वर्ष यस क्षेत्रबाट कुल ग्रार्हस्थ उत्पादन क्षेत्रमा 2 प्रतिशत योगदान रहेको थियो। तर,चालू आर्थिक वर्ष 1.98 प्रतिशत मात्रै योगदान रहेको सरकारको अनुमान छ।

राष्ट्रिय पर्यटन रणनीति योजना अनुसार सरकारले सन् 2025 सम्म सवाँ 25 लाख पर्यटकलाई नेपाल भ्रमण गराउँदै करिब 9 लाख नेपालीलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।पर्यटन आगमनमा वृद्धि आएसँगै पर्यटकको नेपाल बसाई अवधि पनि बढ्दो रहेको अन्नपूर्ण पोस्ट अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु