फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज नेपालमा दशौं गणतन्त्र दिवस। राष्ट्रपति, प्रधानमन्त्री लगायतद्वारा शुभकामना

(GMT+08:00) 2017-05-29 14:16:24

नेपालमा आज दशौं गणतन्त्र दिवस मनाइएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ नेताहरु सहभागी हुनुभएको थियो। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री एवम् उपराष्ट्रपतिले शुभकामना सन्देश दिनुभएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ।

राष्ट्रपतिले शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रको स्थापनाका लागि पटक/पटक भएका आन्दोलन तथा विभिन्न आरोह/अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज नवौँ वर्ष पूरा भएको बताउनुभएको छ। उहाँले दशौँ गणतन्त्र दिवसको अवसरमा हाम्रा सम्पूर्ण ज्ञात/अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।

सन्देशमा भनिएको छ, 'सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभै जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन जरुरी छ।'

जानकारी तथा लेखहरु