फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जुन 1 देखि काठमाडौँमा हुने हिमालयन ट्राभल मार्टमा 54 देशका पाहुना आउने

(GMT+08:00) 2017-05-29 14:16:56

पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो र अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टमा 54 देशका दुई सय 30 पाहुना सहभागी हुने भएका छन् । जुन 1 (जेठ 18 देखि 21) 4 सम्म काठमाडौँमा आयोजना हुने मार्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिनुभयो।

मार्टमा छिमेकीमूलुक भारत, चीन, श्रीलङ्का, सिङ्गापुर, कोरिया, बेलायत, अमेरिका, दक्षिण अमेरिकालगायत मुलुकका पर्यटनसँग सम्बन्धित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । त्यस्तै ब्लगर, क्रेता, बिक्रेताको पनि सहभागिता हुनेछ । मार्टमा आउने पाहुना अधिकांश नेपाल आइसकेको र उनीहरु नेपालको कला, संस्कृति, प्राकृतिक सुन्दरताको अवलोकन गर्न पनौती, चितवन, पोखरा, लुम्बिनी भ्रमणमा निस्केका छन्।

सोल्टी होटलमा आयोजना हुने मार्टमा 93 जना ब्लगर, 70 जना क्रेता, 45 जना बिक्रेता र प्रख्यात वक्ताको सहभागिता रहने जनाइएको छ । भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई मार्टमार्फत विश्व बजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने अध्यक्ष पाण्डेले बताउनुभयो । नेपालमा अन्तराष्ट्रियस्तरको पर्यटन 'इभेन्ट' पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोसेढङ्गा हुने पर्यटन विज्ञहरुले आशा गरेका छन्। गोरखापत्र अनलाईनका अनुसार हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको 'प्रोडक्ट'लाई विश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्नेछ।

जानकारी तथा लेखहरु