फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस आर्थिक वर्षमा नेपालका 6 वटा खाद्यान्नको उत्पादन 13 प्रतिशतले वृद्धि हुने

(GMT+08:00) 2017-05-29 14:17:25

आर्थिक सर्वेक्षणले यस आर्थिक वर्षमा 6 वटा खाद्यान्न (धान, मकै, गहुँ, कोदो, जौ र फापर) को उत्पादन 13 प्रतिशतले वृद्धि हुने देखाएको छ। यो वृद्धि अंक हासिल भए चालु आर्थिक वर्षमा यी खाद्यान्नको उत्पादन 86 लाख 14 हजार टन पुग्ने देखिन्छ। खाद्यान्न उत्पादन बढ्दै गएको सर्वेक्षणले देखाए पनि कृषि उपजको आयात त्यही अनुपातले हरेक वर्ष बढ्दो छ । सरकारले हरेक वर्ष बजेटमा वृद्धि गरिरहँदा कृषितर्फको निर्यात भने झिनो अंकले बढेको अर्थ मन्त्रालयद्वारा जारी आठ महिनाको तथ्यांक समेटिएको आर्थिक सर्वेक्षणमा देखाएको ईकान्तिपुर अनलाईनले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिना नेपालीहरूका लागि विभिन्न मुलुकबाट 1 खर्ब 27 अर्ब 56 करोड 86 लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो नौ महिनामा दुई दर्जन बढी मुलुकबाट 21 दशमलव 69 प्रतिशतले कृषिजन्य वस्तु आयात गरिएको छ। यस अवधिमा कृषिसहितको वस्तुगत आयात गत वर्षको पहिलो आठ महिनाको दाँजोमा 44 दशमलव 2 प्रतिशतले बढेको छ । यो भनेको 6 खर्ब 28 अर्ब 56 करोड रुपैयाँ बराबर हो।

यस वर्ष धानको उत्पादन गत वर्षको दाँजोमा 21 दशमलव 6 प्रतिशतले वृद्धि भई 52 लाख 30 हजार टन पुग्ने अनुमान गरेको छ। अघिल्लो वर्ष 42 लाख 99 हजार टन धान उत्पादन भएको थियो। मकैको उत्पादन यस वर्ष 3 दशमलव 97 प्रतिशतले बढेर 23 लाख 20 हजार टन, गहुँको उत्पादन 6 प्रतिशतले बढेर 18 लाख 41 हजार टन पुग्ने अनुमान छ । त्यस्तै यस वर्ष कोदो र फापर, दलहन बाली (मसुरो, चना, अरहर, भटमास, गहत) उत्पादन पनि झिनो अंकले बढ्ने अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु