फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय गठबन्धनको हवाई कार्वाही सिरियामा सयौं सर्वसाधराणको मृत्यु

(GMT+08:00) 2017-05-29 18:59:05

सिरियाली सञ्चार-माध्यम र मानव अधिकार संगठनको तथ्याङ्क अनुसार, मे पन्ध्र तारिखदेखि यता अमेरिकाको नेतृत्वमा रहेको चरमपन्थी संगठन इस्लामिक स्टेटमाथि प्रहार गर्ने अन्तर्राष्ट्रिय गठबन्धनले सिरियामा लगातार रुपमा चलाउँदैआएको हवाई हमलाबाट एक सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

सिरियाली सञ्चार-माध्यमले जनाए अनुसार, अन्तर्राष्ट्रिय गठबन्धनले सत्ताइस तारिख सिरियाको उत्तरी भागको अल राख्खा शहरको दक्षिणी भागमा सर्वसाधारण ओसार-पसार गर्ने गाडीमाथि हवाई हमला गर्दा त्यसमा परी बीसजना सर्वसाधारणको ज्यान जानुका साथै अन्य सातजना घाइते भएका थिए। यसबाहेक अन्तर्राष्ट्रिय गठबन्धनले मे छब्बीस तारिख सिरियाको पूर्वी भागको डेइर एज जोर प्रान्तको दक्षिण-पूर्वी भागमा रहेको एउटा शहरमाथि हवाई आक्रमण गर्दा पैंतीसजना सर्वसाधारणको ज्यान गएको थियो। ती मृतकहरूमध्ये प्राय:जसो महिला तथा बाल-बालिका थिए।

सिरियाली विदेश मन्त्रालयले सत्ताईस तारिख बेग्ला बेग्लै गरी संयुक्त राष्ट्र संघका महासचिव र सुरक्षा परिषद्का अध्यक्षलाई संदेश पठाउँदै सिरियामा चलाइरहेका अवैध हवाई आक्रमणका गतिबिधि बन्द गर्न अन्तर्राष्ट्रिय गठबन्धनलाई आग्रह गरेको छ।

जानकारी तथा लेखहरु