फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङ्गकङ्गका लागि परराष्ट्र मन्त्रालय मातहतको विशेष मिनिस्टर कार्यालयद्वारा खुलापन दिवसको आयोजना

(GMT+08:00) 2017-05-29 18:59:42

हङ्गकङ्गका लागि परराष्ट्र मन्त्रालय मातहतको विशेष मिनिस्टर कार्यालयले मे अठाईस तारिख खुलापन दिवस सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ। त्यस कार्यालयले यस्तो कार्यक्रमको आयोजना गरेको यो छैटौं पटक हो। कार्यालयले खुलापन दिवसमार्फत हङ्गकङ्गवासीका लागि परराष्ट्र नीतिबारे जानकारी लिने र अनुभव गर्ने मञ्चको स्थापना गर्न खोजेको छ। हिजोको रमाइलो कार्यक्रममा तीन हजारभन्दा बढी हङ्गकङ्गवासीहरू सहभागी भएका थिए।

कार्यालय भवनको अवलोकन बाहेक कार्यालयले विशेषत: खुलापन सम्बन्धी नयाँ चीनको कूटनीति शीर्षकको फोटो प्रदर्शनी, बितेका बीस वर्ष यता हङ्गकङ्गको कूटनीति शीर्षकको फोटो प्रदर्शनी, रमणीय चीन नामक फोटो प्रदर्शनी, आजको चीन शीर्षकको छोटो भिडियो प्रसारण, अल्पसंख्यक जातीय विशेषतायुक्त सांस्कृतिक कार्यक्रम, मुख्य भूमिका लेखकद्वारा तत्स्थानमा चित्रकला र मीठा खानेकुरा प्रदर्शनी आदि रमाइलो गतिविधिहरू पनि प्रस्तुत गरेको छ।

जानकारी तथा लेखहरु