अमेरिकी रक्षामन्त्री जेम्स म्याट्टिसले मे अठाईस तारिख उत्तर कोरियाली प्रायद्वीपलाई सशस्त्र भिडन्तबाट बचाउन अमेरिकाले चीनसँग समन्वय गरी उत्तर कोरियाली प्रायद्विपको आणविक समस्या समाधान गर्ने ईच्छा लिएको बताउनुभएको छ।
सोहि दिन प्रसारण भएको एउटा अमेरिकी सञ्चारमाध्यमको अन्तर्वातामा मन्त्री म्याट्टिसले उत्तर कोरियाली प्रायद्विपमा संघर्ष चर्क्यो भने युद्ध पनि उत्पन्न हुनसक्ने सम्भावना रहेको भन्दै अमेरिकाले अहिले नै अन्तर्राष्ट्रिय समाज सँगसँगै प्रयास गरी उत्तर कोरियाली प्रायद्विप आणविक समस्याको समाधान गर्दै आएको पनि उहाँले बताउनुभयो।
यस वर्ष उत्तर कोरियाली प्रायद्विपको परिस्थिति तनाव उन्मुख हुँदै आएकोले अन्तर्राष्ट्रिय समाजको नजर आकर्षित भएको छ। उत्तर कोरियाको विदेशी मन्त्रालयका प्रवक्ताले मे एक तारिख हालै उत्तर कोरियाली प्रायद्विपको अवस्था पचास वर्षयताकै सबैभन्दा गम्भीर स्थितिमा पुगेको बताएका थिए।