फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढीपहिरो प्रकोपप्रति चीनका राष्ट्राध्यक्ष सीद्वारा श्रीलंकाली समकक्षीमार्फत् सहानुभूति

(GMT+08:00) 2017-05-29 19:05:24

श्रीलंकामा बाढी र पहिरो प्रकोपको विषयलाई लिएर चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले मे अठाईस तारिख श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग टेलिफोन कुराकानी गर्नुभएको छ। टेलिफोनमा राष्ट्राध्यक्ष सीले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै प्रकोपग्रस्त जनता र मृतकका परिवारप्रति गहिरो समेदना पनि व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र श्रीलंका परम्परागत मैत्रीपूर्ण छिमेकी हुनुका साथै चीन सरकारले प्रकोपको उद्धार कार्यमा श्रीलंका सरकारलाई मद्दत र समर्थन दिने तथा श्रीलंका सरकार र श्रीलंकाली जनताले प्रकोपलाई जितेर घरआवासको पुनर्निर्माण गर्ने विश्वास चीनले लिएको पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु