फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष चीनभरि भन्सार निकासीलाई एकरुपता दिइने

(GMT+08:00) 2017-05-29 19:05:56

चिनियाँ प्रमुख भन्सार कार्यालयका उपप्रमुख चौ च उले हालै चीनको राज्य परिषद् अन्तर्गत समाचार कार्यालयले आयोजित गरेको पत्रकार सम्मेलनमा बोल्दै यस वर्ष सारा चीनको भन्सारमा निकासीको एकरुपतालाई साकार तुल्याउने योजना रहेको जानकारी दिनुभएको छ।

उपप्रमुख चौले जानकारी दिंदै नयाँ 'भन्सार झ्याल'मा मालसामानको घोषणा, परिवहन साधनको घोषणा, कर दिने आदि नौ वटा कार्य समावेश छन्, व्यावसायले सारा चीनको कुनै पनि 'भन्सार झ्याल'मा सबै निकासी कार्य गर्न सक्ने उहाँले व्यक्त गर्नुभयो।

थाहा पाएअनुसार, भविश्यमा चिनियाँ प्रमुख भन्सार कार्यालयले शुल्कको व्यस्थापन गरेर सन्2016को आधारमा निकासका लागि चाहिने समय एकतिहाइले घटाउने योजना चाल्ने छ।

जानकारी तथा लेखहरु