फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यार्सागुम्बु टिप्ने शुल्क असुलीमा कमी

(GMT+08:00) 2017-06-05 16:23:29

         यार्सागुम्बु संकलन गर्न जाने स्थानीयको संख्या घटेपछि राजस्व संकलनमा पनि कमी आएको छ। गत वर्ष 78 लाख रुपैयाँ प्रवेश शुल्क संकलन भएकामा यस वर्ष 41 लाख 32 हजार मात्रै असुली भएको कान्तिपुर अनलाइनले लेखेको छ।

         मुगुम् कार्मारोङ गाउँपालिकाको डोल्फु र मुगुको पाटन क्षेत्रमा यार्सागुम्बु टिप्न जाने स्थानीयबाट प्रवेश शुल्क लिने गरिन्छ। गत वर्ष असुली भएको राजस्वको दाँजोमा यस वर्ष झन्डै आधाले घटेको हो।

          शनिबारदेखि मुगुका पाटनमा यार्सागुम्बु संकलन सुरु भएको छ। यार्सा संकलनका लागि प्रवेश शुल्कबापत जिल्ला बाहिरकालाई 2 हजार र जिल्लाका बासिन्दालाई 1 हजार तोकिएको जिल्ला समन्वय समितिले जनाएको छ। गत वर्षसम्म जिसस र जिल्ला वनले प्रवेश शुल्क उठाउने गरेका थिए भने यसपटक मुगु र डोल्फु वडाका जनप्रतिनिधिले राजस्व उठाएका छन्। प्रवेश शुल्कमध्ये 15 प्रतिशत गाउँपालिकाले, 5 प्रतिशत जिल्ला समन्वय समितिले र बाँकी वडाले खर्च गर्ने नियम बनाइएको छ।

          यस वर्ष करिब 3 देखि 4 हजारको संख्यामा स्थानीय यार्सा टिप्न पाटन गएको मुगमा अध्यक्ष छिरिङ क्याम्ने लामाले बताए। उनका अनुसार गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत नै यार्सा प्रवेश शुल्क भएकाले यसलाई व्यवस्थित बनाउँदै लगिने जनाए। उनका अनुसार पाटन क्षेत्रमा यार्सा टिप्न असार 15 सम्म अनुमति दिइएको छ।

जानकारी तथा लेखहरु