फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवनिर्वचित प्रधानमन्त्री देउवालाई भारत र चीनको बधाई

(GMT+08:00) 2017-06-07 16:12:15

नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ। प्रधानमन्त्री मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई मङ्गलबार टेलिफोन गरेर उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भएको गोरखापत्र अनलाइनले लेखेको छ। देउवा निकट पत्रकार तथा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलका अनुसार भारतीय प्रधानमन्त्री मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गर्नुभएको थियो।

जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले दुई देश बीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।

यसैगरी नेपालका लागि चिनियाँ राजदूत यु होङ मङ्गलबार देउवाको निजी निवास बूढानीलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई चिनियाँ सरकारका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो।

सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गर्नुभयो।

जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।

जानकारी तथा लेखहरु