फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माघ सात भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्ने नयाँ सरकारको प्रतिवद्धता

(GMT+08:00) 2017-06-08 16:53:32

सपथग्रहणसँगै बसेको नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकले आफ्ना प्राथमिकता तोकेको छ। बैठकले माध 7 भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जारी गरेको छ। त्यस्तै स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

त्यस्तै सरकारले आफ्नो प्रवक्ताका रुपमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता तोकेको छ। नवनिर्वाचित प्रधानन्त्री देउवाले आफ्नो नेतृत्वमा आठ सदस्यीम मन्त्रीमण्डल गठन गरेका छन्। सरकारले संक्रमणकालको अन्त्य, भूकम्पपछिको पुनःनिर्माण, विभिन्न तहका निर्वाचन, सुशासन, आर्थिक समृद्धि आथिलाई आफ्नो प्राथमिकतामा राखेको प्रवक्ता कार्कीले बताउनुभयो।

http://nepalkhabar.com/np/news/politics/16939/

जानकारी तथा लेखहरु