फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआन एक्स्पोमा नेपाली र चिनियाँ व्यवसायीबीच सम्झौता

(GMT+08:00) 2017-06-08 16:53:56

उत्तरपश्चिम चीनको शान्सी प्रान्तको सीआनमा भएको रेशमी मार्ग अन्तर्राष्ट्रिय एक्स्पोमा नेपाली र चिनियाँ व्यवसायीबीच 1 मिलियन युआनको सम्झौता भएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चिनियाँ व्यवसायी ल्वी च् हुइबीच यस्तो सम्झौतामा हस्ताक्षर भएको नेपाल खबर अनलाइनले लेखेको छ।

ल्वीले भन्नुभयो, 'मैले एउटा ठूलो परियोजनामा डिल गरें, म चाहन्न कि चिनियाँ उत्पादन मात्रै संसारमा लोकप्रिय हुनुपर्छ।' गत वर्षको एक्स्पोमा यी दुइबीच 4 मिलियन युआनको सम्झौता भएको थियो।

किन ल्वीको उत्पादन किन्नको लागि सम्झौता गरिएको भन्ने बारे चर्चा गर्दै श्रेष्ठले भन्नुभयो, 'ल्वीको कम्पनीद्वारा उत्पादित सामाग्री गुणस्तरीय र राम्रो डिजाइनका छन्, जुन नेपालमा निकै लोकप्रिय पनि छन्।'

ल्वीको कम्पनीले खेलकुदका लुगा उत्पादन गर्ने गर्दछ। शान्सीको पाइ ह काउन्टीमा यसको कार्यालय रहेको छ। गत वर्ष सन् 2016 मा ल्वीको कम्पनीले भारत, नेपाल र इरानमा बजार विस्तार गरेको थियो।

जुन 3 देखि 7 तारिखसम्म चलेको यस रेशमी मार्ग अन्तर्राष्ट्रिय एक्स्पो तथा रेशमी मार्ग आर्थिक क्षेत्र अन्तर्राष्ट्रिय सहकार्य मञ्चको उद्घाटन चिनियाँ उपप्रधानमन्त्री वाङ याङले गर्नुभयो। उहाँले एक पेटी एक मार्ग (ओबर) चीनद्वारा प्रस्तुत भए पनि सारा मानव समुदायको साझा भाग्योदयको परियोजना भएको चर्चा गर्नुभयो। उहाँले आर्थिक क्षेत्रको उत्थान गर्दै चीनले ओबरमार्फत् सारा समुदायलाई लाभान्वित गराउन चाहेको उल्लेख गर्नुभयो।

http://nepalkhabar.com/np/news/business/16964/

जानकारी तथा लेखहरु