फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल आयल निगमसँग 15 वर्ष यताकै बढी तेल मौज्दात

(GMT+08:00) 2017-06-10 14:58:49

नेपाल आयल निगमले 15 वर्षमै पहिलोपटक सबैभन्दा धेरै तेल भण्डारण गरेको छ। आयल निगमले तराई क्षेत्र लक्षित गरेर आगामीअसार 14 गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावलाई ध्यानमा राख्दै एकैपटक 15 वर्ष यताकै उच्च परिणामको तेल भण्डारण गरेको अनलाइन खबरले लेखेको छ।

चुनावी बन्दोबस्तीका लागि तेलको माग बढ्ने र केही समय सीमा नाका बन्द हुने भएकाले तेलको माग थेग्न सक्नेगरी भण्डारणलाई उच्च बनाइएको निगमका प्रवक्ता तथा वितरण विभाग प्रमुख सीताराम पोखरेलले बताउनुभयो।

अहिले निगमका सबै डिपोमा गरेर 50 हजार किलोलिटर अर्थात 50 लाख लिटर तेल भण्डारण गरिएको पोखरेलले बताउनुभयो। शुक्रबारसम्म निगमले 2 हजार 5 सय 72 किलोलिटर पेट्रोल मौज्दात (स्टक) मा राखेको छ। त्यसैगरी निगमका विभिन्न डिपोमा गरेर 37 हजार 8 सय 30 किलोलिटर डिजेल पनि अहिले स्टकमा रहेको उहाँले बताउनुभयो।

निगममा 2 हजार 5 सय 95 किलोलिटर मटितेल र 7 हजार 10 किलोलिटर हवाइ इन्धन स्टकमा छ। पोखरेलका अनुसार बिराटनगरमा 7 हजार 5 सय 60 किलोलिटर तेल मौज्दातमा छ भने काठमाडौंमा 15 हजार 9 सय 96 लिटर तेलको स्टक छ।

अमलेखगञ्जमा 17 हजार 5 सय 32 किलोलिटर तेल स्टकमा रहँदा भैरहवामा 2 हजार 9 सय र पोखरमा 2 हजार 1 सय किलोलिटर तेल भण्डारण गरेर राखिएको छ। नेपालगञ्जमा 1 हजार 9 सय र धनगढीमा 1 हजार 6 सय किलोलिटर तेल मौज्दातमा छ। निगमले सबै क्षेत्रमा आवश्यक पर्ने तेलको भण्डारण गरिसकेको र नियमति आपूर्तिलाई पनि सहज गराइराखेको पोखरेलले बताउनुभयो।

'यो समयमा हामी भोलि पर्नसक्ने अप्ठोरो अवस्थमा बारेमा सचेत छौं। हामी आफ्नो भण्डारण क्षमतालाई भरपूर उपयोग गरेर तेलको आपूर्तिलाई सहज गराइराख्न प्रयत्नशील छौं' पोखरेलले भन्नुभयो। निगमसँग अहिले 3 अर्ब 84 करोड मूल्य बराबरको तेल मौज्दातमा छ।

जानकारी तथा लेखहरु