फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निर्वाचन आयोगद्वारा दलहरुलाई 3 दिनको समय सीमा

(GMT+08:00) 2017-06-10 14:59:41

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा दस्तखत नमुना पेस गर्न छुटेका राजनीतिक दललाई दस्तखत नमुना पेस गर्न तीन दिनको समय उपलब्ध गराएको छ।

आयोगले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन आज उक्त समयसीमा तोकेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमुना यही जेठ 29 गतेसम्ममा पेस गर्नसक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। आयोगको बैठकले यसअघि दस्तखत पेस गरेका राजनीतिक दलले दस्तखत नमुना परिवर्तन गर्न चाहेमा पनि तीन दिनभित्र परिवर्तन गर्न चाहेको दस्तखतको नमुना आयोग समक्ष पेस गर्नसक्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो।

दस्तखत नमुना पेस गर्नका लागि दलको केन्द्रीय कार्यसमिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने जनाइएको छ।

दलको मनोनयनको औपचारिक पत्र प्रमाणित गर्ने पदाधिकारी आयोगमा अद्यावधिक गरिएको सो दलको केन्द्रीय समिति वा प्रदेश समितिको पदाधिकारी हुनुपर्ने आयोगले जनाएको छ।

निर्वाचन आयोगमा दर्ता कायम रहेका 113 राजनीतिक दलमध्ये निर्वाचन प्रयोजनका लागि 80 दलले दल दर्ता गराएकामा 63 दलले मात्र स्थानीय तह निर्वाचनका लागि आधिकारिक दस्तखत बुझाएका छन्।

जानकारी तथा लेखहरु