फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ्चौ र छन्दुमा नेपाली पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2017-06-11 14:32:12

बेइजिङस्थित नेपाली दूतावासको नेतृत्वमा चीनका दुई मुख्य सहरमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम गरिएको छ। सिचुवान प्रान्तको छन्दु र दक्षिण चीनको सबभन्दा ठूलो सहर ग्वाङजाउमा पर्यटन प्रवद्र्धन कार्यक्रम गरिएको हो। चालू वर्ष सन् 2017 लाई नेपालमा चिनियाँ पर्यटक भ्रमण वर्ष मनाउने सिलसिलामा पर्यटन प्रवद्र्धन कार्यक्रम गरिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

बेइजिङस्थित नेपाली दूतावास, क्वाङचौस्थित नेपाली महावाणिज्य दूतावास, नेपाल टुर्स एन्ड ट्राभल एजेन्सी (नाटा) ले संयुक्त रूपमा क्वाङ्चौमा शुक्रबार नेपाली पर्यटन प्रवद्र्धन कार्यक्रम गरेका हुन्। त्यस अवसरमा चिनियाँ पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको जानकारी दिइएको छ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले चीनमा रहेका 30 करोड बौद्धधर्मीलाई लुम्बिनीमा आकर्षित गर्न व्यापक रूपमा नेपाली पर्यटन प्रवद्र्धन कार्यक्रम शृंखलाबद्ध रूपमा आयोजना गरिएको बताउनुभयो। चीनका विभिन्न प्रान्तका ठूला सहरमा नेपाली पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्दा प्रान्तीय सरकारबाट दूतावासले राम्रो सहयोग पाइरहेको उहाँले उल्लेख गर्नुभयो।

क्वाङतोङ प्रान्तका प्रान्तीय जनसरकारको वैदेशिक मामला कार्यालयका उपमहानिर्देशक ल चियानले ग्वाङजाउलाई नेपाली पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि छनोट गरेकोमा आयोजकहरूलाई धन्यवाद दिँदै नेपालको हावापानी, प्राकृतिक दृश्यावलोकन, विविध संस्कृति र आकर्षक नेपाली समाजले चिनियाँलाई लोभ्याउने गरेको बताउनुभयो। क्वाङतोङ प्रान्तीय जनसकारको पर्यटन बोर्डका उपप्रमुख छन माओ र नेपाली महावाणिज्य दूत रवि भट्टराईले समेत कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा नेपालसम्बन्धी पर्यटन श्रव्यदृश्य सामग्री प्रदर्शन गर्नुका साथै नेपाली सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

1  2  
जानकारी तथा लेखहरु