फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बूढीगण्डकी प्रभाबितलाई एक अर्ब 19 करोड 36 लाख मुआब्जा बितरण

(GMT+08:00) 2017-06-11 14:33:06

बाह्रसय मेगावाट क्षमताको बन्ने बूढीगण्डकी जलबिद्युत् आयोजनाको डुवान क्षेत्रका प्रभाबितलाई अहिलेसम्म एक अर्ब 19 करोड 36 लाख मुआब्जा रकम बितरण गरिएको छ। गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाउँका प्रभाबितलाई पहिलो चरणमा मुआब्जा बितरण गरिएको नेपाल खबर अनलाइनले लेखेको छ।

प्रभावितको बैंक खातामा मुआब्जा रकम पठाइएको मुआब्जा बितरण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो। गत फागुन 11 गतेदेखि अहिलेसम्म 583 जनालाई मुआब्जा बितरण गरिएको छ। चालु आ.ब.मा मुआब्जा बितरण गर्नलाई गोरखामा साढेँ दुई अर्ब बजेट आएको थियो।

धादिङतर्फ पनि मुआब्जा बितरणको काम भइरहेको छ। आयोजना निर्माण गर्दा गोरखाका साबिक 14 र धादिङका 13 गाबिस प्रत्यक्ष रुपमा प्रभावित बन्नेछन्। दुवैतर्फ गरी तीन हजार पाँच सय ओटा घर बिस्थापित हुने भएकाले उनीहरुलाई कहाँ पुर्नस्थापना गर्ने भन्ने अहिलेसम्म एकीन भइसकेको छैन।

जानकारी तथा लेखहरु