फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली राजदूतद्वारा स छ्वान विश्वविद्यालयको भ्रमणमा

(GMT+08:00) 2017-06-11 14:46:22

एक पेटी एक मार्ग: नेपालको विकास भविष्य शीर्षकमा सम्बोधन गर्दै राजदूत लीलामणि पौडेलले नेपाल र एक पेटी एक मार्ग नीतिबीच जोड्ने केही महत्वपूर्ण विषयबारे गहिरो रुपमा विश्लेषण गर्नुभयो। उहाँले नेपालको इतिहास र सभ्यताबारे चौतर्फी रुपमा जानकारी दिनुका साथै इतिहासदेखि चीन-नेपाल जनताबीचको आवत-जावतमाथि उच्च प्रशंसा गर्नुभयो। नेपालको प्राकृतिक दृश्य, सांस्कृतिक दृश्य, सांस्कृतिक सम्पदा, जैविक विविधता आदि प्रशस्त स्रोतबारे पनि राजदूत पौडेलले जानकारी दिनुभयो। उहाँले एक पेटी एक मार्गको निर्माणबाट नेपालको आर्थिक तथा सामाजिक विकास, क्षेत्रीय सहयोग, चीन-नेपाल मित्रताको लागि अत्यन्त महत्वपूर्ण अर्थ बोकेको र दुई देशले एक पेटी एक मार्ग, आन्तरिक द्वन्द्वपछि नेपालको पुनःनिर्माण, नेपाली राजनीतिको स्वास्थ्य विकासको सुअवसर लिएर संयुक्त विकास गर्नुपर्ने विचार लिनुभयो।


1  2  
जानकारी तथा लेखहरु