फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक किलोमिटर सडकमा ३० सवारीसाधन

(GMT+08:00) 2017-06-12 15:10:35

नेपालमा एक किलोमिटर सडकबराबर ३० वटा सवारीसाधन सञ्चालनमा रहेको तथ्यांक सरकारले निकालेको छ। सडक विभाग र स्थानीय निकायले निर्माण गरेका सबै प्रकारको सडक (कालोपत्रे, खन्डस्मित र माटे)का आधारमा यो तथ्य निकालिएको कारोबार दैनिकले लेखेको छ।

सडक निर्माण गर्ने दुई निकाय सडक विभाग र स्थानीय निकायले हालसम्म (चालू आवको ८ महिनासम्म) निर्माण गरेको कुल सडक ८६ हजार ७ सय ८९ किलोमिटर छ। सोही अवधिमा देशभरका यातायात कार्यालयहरुमा दर्ता भएका सवारीसाधनको संख्या भने २६ लाख २ हजार ९८६ रहेको छ। सडक विस्तारको तुलनामा सवारीसाधनको वृद्धि उल्लेख्य रहेको तथ्यांकले देखाउँछ। चालू आवको ८ महिनामा ५ हजार १७१ किलोमिटर सडक निर्माण भएकोमा सवारी दर्ता भने २ लाख ६३ हजार ८ सय ७१ वटा भएको छ।

आव ०७०/०७१ मा ४ हजार ६५ किलोमिटर सडक निर्माण भएकोमा १ लाख ९८ हजार ३४३ वटा सवारी दर्ता भएको थियो। त्यसैगरी आव ०७१/०७२ मा २ लाख ३९ हजार ५८३ सवारी दर्ता हुँदा २ हजार ५९९ किलोमिटर सडक निर्माण भएको देखिन्छ। आव ०७२/०७३ मा जम्मा १ हजार १४५ किलोमिटर सडक बन्दा २ लाख ६३ हजार ८ सय १७ सवारीसाधन दर्ता भएको देखिन्छ।

अझै देशका दुई जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेका छैनन्। देशभर निर्माण भएका सडकमा कालोपत्रेको लम्बाइ ज्यादै न्यून रहेको छ।

नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सवारीसाधनको संख्या धेरै भयो भन्दै आए तापनि वास्तविकतामा सडक कम भएको बताए।

अघिल्लो आर्थिक वर्षमा ११ सय ४५ किलोमिटरमात्र सडक निर्माण भएको तथ्यांक छ। सरकारले आफ्नो कमजोरीलाई छोप्न सवारीको संख्या धेरै भएको प्रचार गरिरहेको व्यवसायीहरू आरोप लगाउँछन्।

जानकारी तथा लेखहरु