फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई एयरबस खरिदका लागि वित्तीय स्रोत जुट्यो

(GMT+08:00) 2017-06-12 15:13:32

नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खरिदका लागि वित्तीय स्रोत जुटाएको छ। कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार नागरिक लगानी कोष र निगमबीच पनि यस्तै सम्झौतामा हस्ताक्षर हुने भएको अनलाइनखबरले लेखेको छ।

निगमले नागरिक लगानी कोषसँग पनि समझौताका लागि सैद्दान्तिक सहमति गरिसकेको छ। सञ्चय कोषसँग मात्रै १२ अर्ब रुपैयाँ ऋण लिने गरी सम्झौता भएको निगम स्रोतले जानकारी दियो। निगमलाई कोषले सरकारको जमानीमा ऋण दिने गरी सम्झौता गरेको हो। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँ ऋण लिन लागेको हो। ऋणको अवधि १५ वर्षको हुनेछ।

दुबै विमान २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ। यो नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गर्न लागिएको यो पहिलोपटक हो।

निगमले पहिलो विमान सन् २०१८ को अपि्रलसम्म आइसक्ने गरी सम्झौता गरेको छ। दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने छ।

निगमले फागुन ४ गते दुईथान वाइडबडी जहाज खरिद गर्न अमेरिकन कम्पनी एएआरलाई बैनास्वरूप १० लाख अमेरिकी डलर पनि पठाइसकेको छ। एआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो।

नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ। जसमा १६ वटा बिजनेश क्लासका सिट क्षमताका हुनेछन्। जहाज नेपाल आएपछि राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्सले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्नेछ।

जानकारी तथा लेखहरु