फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सारजहामा हुने भनिएको एसियन प्रिमियर लिग अब नेपालमा हुने

(GMT+08:00) 2017-06-12 15:16:08

 नेपालमा पहिलोपटक एसियन प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। असार ४ देखि२०सम्म हुने एपिएल लिगमा ६ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुने तथा चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरले सहभागिता जनाउने संयुक्त राज्य इमिरेट्स (युएई) को अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टले पत्रकार सम्मेलन गरी जानकारी दिएको नयाँ पत्रिकाले लेखेको छ।

यसअघि एपिएल युएईको सारजहामा हुने भनिएको थियो। तर नेपालको क्रिकेट विकास गर्न एपिएल नेपालमै गर्न लागेको एपिएलका अध्यक्ष आरएस डन्डिवालले बताए। उनका अनुसार युएईलाई रद्द गरी प्रतियोगिता नेपालमा आयोजना हुन लागेको हो।

प्रतियोगितामा नेपाल स्ट्रोम, इन्डियन स्टार्स, बंगलादेश टाइगर्स, अफगानिस्तान बुल्स, श्रीलंका लायन्स र दुबई वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।। एपिएलको मुख्य ब्रोडकास्टिङ पार्टनर भारतीय च्यानल सोनी सिक्सले प्रतियोगितको सबै खेलको प्रत्यक्ष प्रसारण गर्नेछ।

प्रतियोगितको विजेताले ४० लाख हात पार्नेछ। यसैगरी, उपविजेतालाई १६ लाख प्रदान गरिनेछ। तेस्रो स्थान हात पार्ने टोलीलाई ८ लाख पुरस्कार दिइनेछ। म्यान अफ दिन सिरिज जित्ने खेलाडीलाई कार पुरस्कार प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट मनोरञ्जन प्रदान गर्ने दर्शकलाई पनि पुरस्कार प्रदान गरिनेछ। आयोजकले प्रतिदर्शक दुई सय रुपैयाँ तोकेको छ।

जानकारी तथा लेखहरु