फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊर्जा किफायतमा योगदान दिने प्रथम मुलुक चीन

(GMT+08:00) 2017-06-12 16:03:05

हाल चीनको आर्थिक विकास ऊर्जाको भरबाट स्पष्ट रुपमा हट्दै आएको छ र उत्पादनमा हरित तरिकालाई प्रवर्द्धन पार्दै हरित कम कार्बन उपभोग्य तरिकामा ध्यान दिँदै जाने छ। चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप प्रमुख चाङ योङले एघार तारिख पैचिङमा आयोजित राष्ट्रिय ऊर्जा किफायत प्रचार सप्ताह 2017मा उक्त जानकारी दिनुभएको हो।

चाङ योङले जानकारी दिए अनुसार, सन् 2005-2016को अवधिमा चीनमा हरेक जी.डी.पी. यूनिटले खर्च गरेको ऊर्जा 37.3प्रतिशतले घटेको छ र यसको अर्थ कार्बन डाइअक्साइड निष्काशनको परिमाण 4 अरब टन कम भएको छ। यसै अवधिमा चीन विश्वमा ऊर्जा किफायत क्षेत्रमा सबैभन्दा बढी योगदान दिने देश हो र सम्पूर्ण विश्वलार्इ हरित कम कार्बनतिर परिणत गर्ने क्रममा पनि चीनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

हाल चीनले ऊर्जा किफायत लक्ष्य सम्बन्धि जिम्मालाई कामको प्रतिफलको मूल्याङ्कनमा एक भाग समावेश गराइएको छ साथै ऊर्जा तथा ऊर्जा किफायत ऐन कानून तथा नियमलाई सुधार गरिरहेको छ। भविष्यमा चीनले उत्पादन तरिकालाई हरित पार्दै खानपान, लाउने, बसाइ, यातायात तथा पर्यटन क्षेत्रमा अझ हरित कम कार्बन उपभोग्य तरिकालाई प्रवर्द्धन गर्दै जाने छ।

जानकारी तथा लेखहरु