फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२०१७ मा नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो हुने प्रक्षेपण

(GMT+08:00) 2017-06-13 15:07:34

 सन् २०१७ (आर्थिक वर्ष ०७३/७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ। यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो।

नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशत बिन्दुले बढी हो।

लोडसेडिङ अन्त्य, अनुकूल मौसम, भूकम्पपछिको पुनर्निर्माण तथा भारतको नाकाबन्दी हटेपछि सहज भएको व्यापारका कारण नेपालको आर्थिक वृद्धि उच्च भएको विश्व बैंकको ग्लोबल इकोनोमिक प्रोस्पेक्टस प्रतिवेदनको विश्लेषण छ। गत आर्थिक वर्ष सन् २०१६ मा नेपालको आर्थिक वृद्धि ० दशमलव ४ प्रतिशत मात्रै रहेको थियो। नेपालले सन् २०१५ मा ३ दशमलव ३ र २०१४ मा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो।

सुचीमा तेस्रो स्थानमा रहेको नेपालले ७.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ। यो वृद्धिदर २३ वर्षयताकै उच्च हुने मानिएको छ। तीव्र आर्थिक वृद्धि गर्ने देशको सुचीमा नेपालभन्दा अगाडि इथियोपिया र उज्बेकिस्तान रहेका छन्। यी दुई देशले क्रमशः ८.३ प्रतिशत र ७.६ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ। इथियोपियाले हाल पुर्वाधारमा उच्च लगानी गरिरहेको छ भने सन् २०२५ सम्ममा मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्यमा अगाडी बढेको छ। उज्वेकिस्तानमा भने सेवा क्षेत्रमा भइरहेको बिस्तार नै वृद्धिको कारण हुनेछ।

जानकारी तथा लेखहरु